default_image

7 years ago

November 15, 2018

बंगलादेश र जिम्वाब्बेबीचको टेस्ट श्रृंखला बराबरी

152 views

0 Bookmark

एजेन्सी – बंगलादेश र जिम्वाब्बेबीचको दुई टेस्ट क्रिकेट श्रृंखला बराबरीमा सकिएको छ । दोस्रो टेस्ट खेलमा बंगलादेश २ सय १८ रनले विजयी भएसँगै श्रृखला १-१ को बराबरीमा टुङ्गिएको हो ।

पहिलो टेस्ट खेलमा जिम्बाब्बेले १ सय ५१ रनले विजयी भएको थियो । ४ सय ४३ रनको लक्ष्य पक्ष्याएको जिम्बाब्बेले पाँचौ दिन २ सय २४ रनमा अल आउट भएपछि घरेलु मैदानमा बंगलादेशले श्रृंखला बराबरी गर्न सफल भएको हो । बंगलादेशका मेहेदी हसन मिराजले ५ तथा ताइजुल स्लामले २ विकेट लिएपछि ७ बर्षपछि टेस्ट शृंखला जित्ने जिम्बाब्बेको सपना अधुरै बन्यो ।

जिम्बाब्बेका लागि दोस्रो इनिङ्समा बेन्डम टेलरले नट आउट १ सय ६ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । ब्रायन चारीले ४३ र कप्तान हैमिल्टन मसाकाजा २५ रन जोडे । पहिलो इनिङ्समा टेलरको शतकको सहयोगमा जिम्बाब्वेले ३ सय ४ रन बनाउन सकेको थियो । जिम्बाब्बेका लागि टेलरले १ सय १०, पिटर मुरले ८३ र चारीले ५३ रन जोडेका थिए । बंगलादेशका लागि पहिलो इनिङ्समा स्लामले ५ र मेहेदी हसनले ३ विकेट लिएका थिए ।

यस अघि विकेट किपर मुशफिकुर रहीमको कीर्तिमानी दोहोरो शतकमा बंगालदेशले पहिलो इनिङ्समा ५ सय २२ रन बनाउन ७ विकेट गुमाउदै पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । रहीम २ सय १९ रनमा नट आउट रहदै दोस्रो पटक टेस्ट क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो विकेट किपरको रेकर्ड बनाएका थिए । मोमिन्युल हकले पनि उत्कृष्ट शतक प्रहार गर्दै १ सय ६१ रन जोडेपछि बंगलादेश पहिलो इनिङ्समा विसाल रन बनाउन सकेको थियो । ।

जिम्बाब्बेका लागि केली जर्भिसले ५ विकेट लिएका थिए । दोस्रो इनिङ्समा कप्तान महमुदुल्लाहले उत्कृष्ट शतक प्रहार गरेपछि २ सय २४ रन बनाउदा ६ विकेट गुमाएको अवस्थामा बंगलादेशले दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । महमुदुल्लाहले १ सय १ रन बनाउदा मोहमम्द मिथुनले ६७ रन जोडेका थिए । जिम्बाब्बेका जर्भिस र डोनाल्ड तिरिपानोले समान दुई विकेट हात पारेका थिए । रहीम म्यान अफ द म्याच घोषित हुदाँ स्लाम म्यान अफ द सिरीज चुनिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.