default_image

7 years ago

November 16, 2018

सनी लगातार तेस्रोपटक च्याम्पियन

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनि शुक्रबार पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेश्रो पटक च्याम्पियन बनेका हुन् ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन पहिलो भए । उनले थाइ बक्सिङका दीपेन्द्र खनाललाई हराए । अर्को ५५ केजीमुनिको प्रतिस्पर्धामा वज्रका महेश भुजेल प्रथम भए । उनले नक्साल बक्सिङ क्लबका यानभ थुलुङ राईको चुनौती समाप्त पारे ।

६२ केजीमुनि सेनाका चोपबहादुर बुढाथोकी विजयी भए । उनले नक्सालका अभिषेक राईलाई निराश पारे । ६२ केजीमुनिकै अर्को भिडन्तमा बनेपा डोजोका सजित प्रजाले शीर्ष स्थान हात पारे । उनले थाइ बक्सिङका सुदीप श्रेष्ठलाई पाखा लगाए । पुरुष ६९ केजीमुनि सेनाका विकास गुरुङले बाजी मारे । उनले बनेपाका प्रवीण मेचेलाई पन्छाए । महिला ५१ केजीमुनि नक्सालकी तेजी गुरुङ पहिलो भइन् । तेजीले एपीएफकी मनीषा राईलाई हराइन् ।

विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । १४ खेलाडी सहभागी एकदिने प्रतियोगिताको कुल नगद पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वज्र फाइट प्रत्येक महिना आयोजना गर्ने संघको कार्यक्रम रहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.