7 years ago
November 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोलीले पहिलो सहभागितामै अक्सफाम ट्रेलवाकरमामा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अल्ट्रा दौडमा चर्चा कमाएकी मिरा राईको पहलमा भाग लिएको नेपाली टोलीले शुक्रबार १ सय किलोमिटर ट्रेलवाकरमा दोस्रो स्थान प्राप्त गरेको हो । यसअघि पहिलो स्थान हात पार्दै आएको पुरुष टोली पनि यसपटक दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।

जुम्लाकी सुनमाया बुढा, धादिङकी रसिला तामाङ, सोलुखुम्बकी छेची शेर्पा राई र ओखलढुंगाकी छोकी शेर्पाको टोली १६ घन्टा ३२ मिनेट १० सेकेन्डमा दौड पुरा गर्दै दोस्रो भएको थियो । मिरा राईका अनुसार हङकङकै टोली पहिलो भएको थियो ।
अक्सफामा नेपाली पुरुष खेलाडीले उच्च प्रदर्शन गर्दै आइरहेका थिए भने नेपाली महिलाहरुले पहिलो पटक भाग लिएका हुन् । ‘अक्सफामको ३२ वर्ष लामो इतिहासमा पहिलो पटक नेपाली महिला टोलीलार्ई सहभागिता गराउन सकेकोमा खुसी हुँदै मिराले भनिन्, पहिलो सहभागितामै हामीले यो सफलता प्राप्त गरेका छौं । यो ठूलो उपलब्धी हो । नेपाली महिला पनि उत्तिकै सक्षम छन् भन्ने प्रमाणित भएको छ ।’

अल्ट्रा दौडमा नाम कमाएकी मिराले अब नयाँ पुस्तालार्ई अघि बढ्न सहयोग गर्ने उद्देश्यका साथ मिरा राई इनिसियटिभको स्थापना गरेको र त्यहिमार्फत यसपटक नेपाली टोलीलाई सहभागी गराएको जानकारी हाम्रो खेलकुदलाई दिइन् । उनले भनिन्, ‘हककङको एसपिए भन्ने कम्पनीले हाम्रो खेलाडीको सबै खर्च बेहोरेको छ ।’
अर्को तर्फ यसअघि दुई पटक च्याम्पियन रहेको नेपाली पुरुष टोली यसपटक दोस्रो भएको छ । नेपाली सेनाका समिर तामाङ, उत्तम खत्री, पूर्ण तामाङ र सोलखुम्बुका सुमन कुलुङको टोलीले १२ घन्टा ८ मिनेटमा दौड पुरा गरेको थियो । समिरले ९३ किलोमिटर सम्म अग्रता राखेर पनि अन्तिममा दोस्रो स्थानमा चित्त बुझाउनु परेको बताए । ‘
हामी जित्नेमा ढुक्क जस्तै थियौं । सायद त्यहि ओभर कन्फिडेन्सले अघि घाटा पनि भयौ,’ उनले हाम्रो खेलकुदसँग भने, ह्याट्रिक गर्ने दाउमा आएका थियौं । तर सफल हुन सकिएन । ’ फ्रान्स, हङकङ र अन्य देशका खेलाडी सम्मिलित टोलीसँग १३ मिनेटले पछि पर्दै दोस्रो भएको समिरले बताए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]