default_image

7 years ago

November 17, 2018

सीएमजी भेट्रान फुटबल टोली सेमिफाइनलमा

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिएमजी भेट्रान क्लबले भारतको गुवाहटीमा भैरहेको अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा कक्रझार गुहावटी आसामलाई १–० ले पराजित गर्दै सएमजी भेट्रान क्लब अन्तिम चारमा पुग्न सफल भएको हो । नेपालको जितमा बालगोपाल महर्जनले निर्णायक गोल गरे । नेपालले अब आइतबार सेमिफाइनल तथा फाइनल खेल खेल्ने तालिका रहेको बालगोपाल महर्जनले जानकारी गराए । नेपालले शुक्रबार डिमापुरलाई २–१ ले तथा मेट्रो आसामसँग गोलरहित बराबरी खेलेको थियो ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टोलीको सहभागिता रहेको छ ।  युनाइटेड ब्रदर्श क्लबको आयोजनामा हुन लागेको पाँचौ संस्करणको भेट्रान फुटबल प्रतियोगिताको लागि नेपालको सिएमजी भेट्रान क्लबको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतियोगिता १८ नोभेम्वरसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित, भारतको मनिपुर, कोलकत्ता, नयाँ दिल्ली, भुटान र बंगलादेशको भेट्रान टोली गरी ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले आकर्षक उपहार प्राप्त गर्नेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.