default_image

7 years ago

November 18, 2018

मन्डेकाजी र चन्चलालाई स्वर्ण

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठ र चञ्चल दनुवारले बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप च्याम्पियनसिपम स्वर्ण जितेका छन् ।

श्रेष्ठले प्रतियोगिता अन्तरगत ब्यक्तिगत कातामा प्रदेश नं. ५ का दीप राज थापालाई पन्छाउँदै स्वर्ण हात पारेका हुन् । एपिएफका अनिल चन्द र प्रदेश २ का दिर्घ बहादुर लामाले तेस्रो स्थान हात पारे । मन्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । उनले महसुस तामाङर विनोद गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् ।

यस्तै आईतबारै भएको महिला ब्यक्तिगत काताामा नेपाल प्रहरीकी चन्चला दनुवार एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भईन् । बाग्लुङकी सर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मि पाण्डेले तेस्रो स्थान हात पारिन् ।

टिम काताको पुरुष र महिला दुवैतर्फ नेपाल पुलिसले स्वर्ण हात पारेको श्रेष्ठले जानकारी गराए । पुरुष तर्फ दोश्रो स्थानमा प्रदेश नं. १ तथा तेश्रो स्थानमा प्रदेश ७ र ५ रहे । महिला तर्फ प्रदेश नं. ६ ले रजत पाए । एपिएफ र प्रदेश ५ ले कास्य पाए ।

७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले बाजी मारिन् । उनले पुलिसकी बुद्धलक्ष्मी तामाङ्गलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् ।

प्रदेश ५ की रश्मि पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए । यस्तै पुरुषको ५० केजीमा पुलिका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङले कास्यमा चित्त बुझाए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.