default_image

7 years ago

November 22, 2018

अन्तर्राष्ट्रिय डब्लुकेआइ कराते हुने

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालको आयोजनामा १६औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।


प्रतियोगितामा आयोजक नेपाल सहित श्रीलङका, बंगलादेश, भुटान र भारतका गरि कुल ३ सय खेलाडी सहभागी हुने इन्टरनेशनल वादो फेडरेशन (आइडब्लुएफ) नेपालका कार्यवाहक अध्यक्ष शम्भु तामाङले जानकारी दिए ।

श्रीलङकामा १५औं अन्तराष्ट्रिय डब्लुकेआई कराते च्याम्पियनसिप प्रतियोगीता सफलतापुर्वक सम्पन्न गरेको अनुभवका आधारमा नेपालमा हुने प्रतियोगितालाई पनि सफल बनाउन लागिपरेको उपाध्यक्ष मोहन महर्जनले बताए ।

प्रतियोगिताको एक दिन अघि मंसिर ७ गते रेफ्री सम्मेलन समेत हुने महासचिव राजु सुवेदीले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन नेपाल बाहिरका खेलाडी तथा अफिसियलहरु नेपाल आइसकेको कार्यवाहक अध्यक्ष तामाङले बताए ।

प्रतियोगिता मंसिर ८ र ९ गते लैनचौरस्थित टेवुलटेनिस कभर्ड हलमा हुनेछ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.