7 years ago
November 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिसेकले रामेछापका सुरज स्याङताङलाई अंकका अधारमा पराजित गर्दै अन्मित चारमा पुग्न सफल भएका हुन् । यही उमेर समूहको यही तौल समूहमा विशालले गुल्मीका कुमार बुढामगरलाई अंककै आधारमा हराए ।
पुरुष ४९ केजीमा काठमाडौं बक्सिङ क्लबका दिपेस राई पनि सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष यू–२४ कै ५२ केजीको खेलबाट सफलता हात पादै ललितपुरका बुद्ध लामा, दाङका पदम साही,जिमखानाका अभिषेक अधिकारी र केन्द्रिय बक्सिङका जिवन पुन पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष यू–२४ को ५६ केजीमा कास्कीका पुरन राजकोट, सुनसरीका रविन धिमिरे, भक्तपुरका सुजन पौडेल र प्लाटिनियमका डिकेस लामा सेमिफाइनलमा प्रवेश गरे ।
पुरुष यू–२४ को ६४ केजीको स्प्रर्धामा नक्सालका मनिस भण्डारी, कास्कीका पवन गुरुङ, केन्द्रिय बक्सिङका कमल श्रेष्ठ र नक्सालका विवेक सिंहले सेमिफाइनलमा स्थान बनाउन सफल भए ।
पुरुष यू–२४ को ७५ केजीमा मेघदुतका एमन महर्जन, टिकाथलीका प्रिन्स खड्का, दाङका गणेश विक र प्लाटिनियमका सुमन महर्जनले आ–आफ्नो खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाए ।
महिला यू–१९ को ४८ केजीको क्वाटरफाईनल खेलमा दाङकी सुशिला थापा र नक्सालका रमिता श्रेष्ठले सेमिफाइनलमा स्थान बनाइन् । महिला यू–१९ को ५१ केजीको क्वाटरफाईनल खेलमा झापाकी अरुण योन्जन र नक्सालकी तेजी गुरुङले सेमिफाईलमा स्थान सुरक्षित गरिन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]