7 years ago
November 28, 2018
दिपक बोहोरा
पाँचथर – खेलकुदको माध्यमबाट आन्तरीक तथा बाह्रय पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हँदै आएको फाल्गुनन्द गोल्डकपको दशैं संस्करण पुस २१ गतेबाट ३० गते सम्म फिदिममा आयोजना हुने भएको छ । बुधबार फिदिममा पत्रकार सम्मेलन गरेर आयोजकले यसबारे जानकारी दिएका छन् ।

फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको सम्झनामा प्रत्येक वर्ष फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्दै आएको छ । यस पटकको संस्करण जिल्ला फुटबल संघ पाँचथर र फिदिम स्पोर्टिङ क्लब दुबैले संयुक्तरुपमा आयोजन गर्ने पत्रकार संम्मेलनमा जानकारी दिएइको छ ।
फाल्गुन्नद गोल्डकपमा मोफसलका चर्चित क्लबहरु र ए डिभिजन सहित दश टिमको सहभागीता रहने छ । प्रतियोगितामा ए डिभिजन क्लबहरु हिमालयन शेर्पा क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, ब्याइज युनियन क्लब, जावलाखेल युथ क्लब र मोफसलका सुनसरी ११,झापा ११, मोरङ ११,कर्णसिं सोनाम क्लब ताप्लेजुङ, आयोजक फिदिम स्र्पोटिङ क्लबको सहभागीता रहने आयोजकले बताएका छन् । केहि क्लबहरु संग अझै कुरा भइ रहेकाले अन्तीम समय सम्म केहि टिम परिर्वतन हुन सक्ने आयोजकले जानकारी दिए ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशैं संस्करणको विजेताले नगद उपाधि चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गर्ने आयोजक मध्येको फिदिम स्र्पोटिङ क्लबका अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा अघिल्लो संस्करण भन्दा यो संस्करण मा पुुरस्कार राशिमा बृद्धि गरिएको छ ।
प्रतियोगितामा ब्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्षक,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फर्वड,एक जना उदयमानि खेलाडीले र प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीहरुले समान १० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ताले समान नगद १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान मोटर साइकल प्राप्त गर्ने आयोजकलले बताएका छन् ।
फाल्गुनन्द गोल्डकपको दशैं संस्करणलाइ रुस्लान भोड्का मुख्य प्रायोजकको रुपमा रहने आयोजकले जानकारी दिए । प्रतियोगिताको अनुमानित लागत करिब ५३ लाख लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]