default_image

7 years ago

December 10, 2018

चितवनद्धारा काठमाडौंसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो दिन पहिलो खेलमा चितवन टाइसर्गले काठमाडौं किंग्स इलाभेनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित १९.५ ओभरमा अल आउट हुदैँ १ सय ६० रन बनायो । पहिलो विकेटको लागि ओपनर पल स्टर्लिङ र सन्दीप सुनारले ५ ओभरमा ५३ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि प्रदीप साहुले सोमपाल कामीको हातबाट क्याच गराउदै पाँँचौ ओभरको पहिलो बलमा आयरल्यान्डका आक्रमक ओपनर ब्याट्सम्यान पल स्टर्लिङलाई ३४ रनमा पेभिलिएनको बाटो देखाए ।

पलले १३ बलमा समान ३ चौका र छक्का प्रहार गरे । त्यस्तै जोन सिम्पनलाई त्यसै ओभरको दोस्रो बलमा साहुले आउट गर्दै डक आउट पठाए । छैटौँ ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाको हातबाट क्याच गराउदै सागर पुनले सन्दीप सुनारलाई २५ रनमा आउट गरेपछि चितवन सुरुवाती दवावमा परेको थियो । सुनारले १९ बलमा ५ चौका प्रहार गरे । चौथो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र जर्ज स्कटले ४० रनको साझेदारी गर्दै चितवनको इनिङस उकासे । केभिन ओ ब्रायनले १२.१ ओभरमा जर्जलाई बोल्ड आउट गर्दै पाट्नशिप तोडेका थिए । जर्जले १९ बलमा १ छक्का प्रहार गर्दै १५ रनमा आउट भए ।

पाँचौ विकेटका लागि ऐरीले कप्तान पृथु वास्कोटासँग ३३ रनको साझेदारी गर्दै चितवनको ब्याटिङ उकासेका थिए । दिपेन्द्रलाई साहुले १६.५ ओभरमा मुखियाको हातबाट क्याच गरादै ४५ रनमा पेभिलिएन फर्काए । ऐरीले ४० बलमा ५ चौका प्रहार गरे । त्यस्तै चितवनका लागि बास्कोटाले २० रन नट आउट रहदा ,भिम सार्की ७, कमल सिंह ऐरी १ रन जोडे ।

काठमाडौँका प्रदीप साहुले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सांसद शेखले २.५ ओभरमा १८ रन खर्चिदा ३ विकेट लिए । सागर पुन,अंमरसिंह राउटेला र केभिन ओ व्रायनले पनि समान १ विकेट लिए ।

पृथु बास्कोटा

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.