7 years ago
December 11, 2018
एनफिल्ड (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुदैछ । आठ खेलमध्ये सबैभन्दा रोमाञ्चक खेल समूह ‘सी’ को हुनेछ ।

समूह ‘सी’ बाट सर्वियन क्लब रेडस्टार बेलग्रेड समूह चरणबाट बाहिरिसक्दा इटालियन क्लब नेपोली, फ्रेन्च क्लब पीएसजी र इंग्लिस क्लब लिभरपुल नकआउट चरण नजिक छ । नेपोलीको ५ खेलबाट ९ अंक छ । पीएसजीको ८ अंक छ । लिभरपुल ६ अंकसहित तेस्रो स्थानमा छ । रेड स्टार ४ अंक जोडेर पुछारमा छ ।
समूहको तेस्रो स्थानमा रहेको इंग्लिस क्लब लिभरपुलले शीर्षस्थानमा रहेको नेपोलीसँग प्रतिस्पर्धा गर्दैछ । यही समूहमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टार बेलग्रेडको सामना गर्दैछ ।
लिभरपुलले अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न जितको विकल्प छैन । लिभरपुलको जित र पीएसजीको हार भएमा नेपोली र लिभरपुल नकआउट चरणमा प्रवेश गर्नेछ । लिभरपुलले नेपोलीलाई पराजित गर्दै पीएसजी विजयी भएमा पीएसजी र लिभरपुल अघि बढ्नेछ ।
यदि लिभरपुल विजयी भएको अवस्थामा पीएसजी बराबरीमा रोकिएपनि लिभरपुलले अर्काे चरणमा स्थान बनाउनेछ । पीएसजी र नेपोलीमा गोलअन्तरको आधारमा दोस्रो स्थानको टोली टुंगो लाग्नेछ । नेपोलीसँग बराबरी या हार भोगेको अवस्थामा भने लिभरपुल बाहिरिनेछ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुल नेपोलीलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । प्रिमियर लिगमा बोर्नमाउथलाई ४–० ले पराजित गर्दै उच्च मनोवलमा रहेको लिभरपुल सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो जरदान शाकिरी, भर्जिल भान डिजिक, जेम्स मिल्नर र एलिसन बेकरजस्ता खेलाडीहरु रहेका छन् ।
यता, नेपोली लिभरपुललाई घरेलु मैदानमा पराजित गर्दै नकआउट चरणको यात्रा सुरक्षित गर्न चहान्छ । बराबरीले पनि नेपोली नकआउट चरणमा प्रवेश गर्नेछ ।
यही समूहको अर्काे खेलमा फ्रेन्च क्लब पीएसजीले रेडस्टारसँग प्रतिस्पर्धा गर्दैछ । पीएसजी रेडस्टारलाई पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]