default_image

7 years ago

December 15, 2018

आयोजक सेन्ट जेभियर्स गोदावरीलाई फुटबल उपाधि

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स गोदावरीले फादर मोरन स्मृति फुटबल प्रंतियोगिताको उपाधि जितेको छ । लिटिल एन्जल्स स्कुल हात्तिबनलाई शनिबार टाइब्रेकरमा ४–३ ले हराउँदै आयोजक टोली च्याम्पियन बनेको हो ।

सेन्ट जेभियर्सको मैदानमा भएको खेलको निर्धारित ६० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा आयोजक टोलीले बाजी मारेको हो । सेन्ट जेभियर्सका गोलकिपर शुभम सिलवाल फाइनल अफ दी म्याच चुनिए ।

मोरान मेमोरियल स्कुल महेशपुर झापा प्रतियोगितामा तेस्रो भएको छ । आजै भएको खेलमा मोर्डन इन्डियन स्कुललाई ४–२ ले हराउँदै मोरान मेमोरियल तेस्रो भएको हो । मोरानका लागि सबै ४ गोल युवराज राजवंशीले गरे । मोर्डनका लागि सबल महर्जन र जेनिश दवाडले समान १ गोल गरे ।

मोर्डनका सबल महर्जन खेलको म्यान अफ दी म्याच घोषित भए । मोर्डन स्कुल फेयर प्ले टोली पनि घोषित भएको थियो । लिलिट एन्जल्सका प्रसुन तुलाधर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

सेन्ट जेभियर्स गोदावरीका शुभम सिलवाल उत्कृष्ट गोलकिपर, लिटिल एन्जल्सका सुरज तामाङ उत्कृष्ट रक्षक, मोर्डनका बेदराज ढुंगाना उदयीमान खेलाडी तथा आयोजक टोलीका ज्ञान गुरागाई उत्कृष्ट प्रशिक्षक घोषित भए । मोर्डनका युवराज राजवंशी १६ गोलसहित प्रतियोगिताका उच्च गोलकर्ता बने ।

प्रतियोगितामा १६ टोलीको सहभागिता थियो । मुख्य अतिथि मुरली शर्मा, सेन्ट जेभियस स्कुलका प्रिन्सिपल सामुयल सिमिकलगायतले विजेता, उपविजेता, तेस्रो र चौथो टोलीका खेलाडीलाई पुरस्कृत गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.