default_image

7 years ago

December 25, 2018

एनएनआइपिए अवार्डसँग आदर्श समाज जोडियो

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको एनएनआइपिए अवार्ड नजिकिदै गर्दा अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ ।

अवार्ड हुन तीन दिन बाँकी रहँदा आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आदर्श विकास केन्द्र नेपालसँग ३ वर्षको लागि सम्झौता हस्ताक्षर गरेको छ ।

सम्झौतामा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र आदर्श बिकासकी प्रमुख सपना लामाले हस्ताक्षर गरिन् । सम्झौता अनुसार आदर्श समाजले एनएनआइपएले वार्षिक १ लाख रुपैयाका दरले तीन वर्षमा ३ लाख उपलब्ध गराउनेछ । १ लाख एनएनआइपिए पत्रकारिता पुरस्कारको २५ हजारसहितअन्य व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ ।

सम्झौतापछि आदर्श समाजकी अध्यक्ष सपना लामाले आफु पनि खेल क्षेत्रमा लागेका कारण अवार्डसँग जोडिन पुगेको बताइन् । उनले अवार्डसँग जोडिन पाउनु आफ्नो लागि ठुलो विषय रहेको बताइन् । सपना कराते तथा फुटबलका खेलाडी हुन् ।

एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले अवार्डमा सहयोगी सस्थाहरु जोडिनु खेलाडीहरुको लागि गौरवको विषय रहेको बताए ।

यसअघि जनता बैंकले पनि उत्कृष्ट मध्येको दुई सर्वोत्कृष्ट खेलाडीलाई जनही १–१ लाख रुपैयाका दरले पुरस्कृत गर्ने सम्झौता भएको थियो ।
एनएनआइपिए खेलाडी सम्मान पुस १३ गते ललितपुर महानगरपालिकास्थित ललितपुर संग्रहालयमा हुनेछ ।

यसपटक गतवर्ष राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका उत्कृष्ट खेलाडीहरु सम्मानित हुनेछ । यही उत्कृष्ट मध्येबाट १–१ जना सर्वोत्कृष्ट खेलाडी छानिनेछन् । सोही समारोहमा एक जना पाका खेलाडीलाई आदर्श खेलाडीबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.