default_image

7 years ago

December 29, 2018

अपराजित युभेन्टसले सम्पडोरियासँग खेल्दै

130 views

0 Bookmark

टोरिनो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा आज राति शीर्ष स्थानमा रहेको युभेन्टसले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार युभेन्टसको मैदान एलिआन्ज स्टेडियममा साँझ ५ः१५ बजेपछि हुनेछ ।

सिरी ‘ए’ मा अपराजित रहेको युभेन्टस साम्पडोरियालाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने लक्ष्यमा हुनेछ । युभेन्टसले साम्पडोरियाविरुकद्धको पछिल्ला १० खेलमध्ये ८ खेलमा जित हात पारेको छ । समान १ बराबरी र १ हार रहेको छ ।
युभेन्टसले साम्पडोरियालाई पराजित गर्न सके सिरी ‘ए’ मा नयाँ कीर्तिमान बनाउनेछ । सिरी ‘ए’ मा सन् २००५–६ र २०१३–१४ को सिजनमा आफैले राखेको कीर्तिमानलाई भंग गर्नेछ । युभेन्टसले त्यतिबेला १९ खेलबाट ५२ अंक जोडेर नयाँ कीर्तिमान बनाएको थियो ।

युभेन्टसलाई यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको साथ रहनेछ ।
उनकै गोल मद्दतमा युभेन्टसले गत बुधबार एटलान्टासँगको समभावित हार टारेका थिए । खेल २–२ गोलको बराबरीमा पुगेको थियो । रोनाल्डोले युभेन्टसका लागि १२ गोल गरिसकेका छन् । यस्तै युभेन्टससँग मारियो म्यान्जुकिक, डुगलस कोस्टा, सामी खेडिरा, पाउलो डिब्याला, एलेक्स सान्द्रो, जर्जियो चिलियानी र लियोनार्दाे बोनुची जस्ता खेलाडीहरुको साथ छ ।

यता, साम्पडोरिया युभेन्टसलाई पराजित गर्दै सन् २०१५ पछि सिरी ‘ए’ मा लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । साम्पडोरियालले अघिल्ला तीन खेलमा पर्मा, इम्पोली, चिभो भेरोनालाई पराजित गरेको थियो ।

साम्पडोरिया यही लयलाई युभेन्टस विरुद्धको खेलमा पनि निरन्तरता दिने योजनामा हुनेछ । युभेन्टससँग डेनिस प्रायट, फावियो, रिकार्डाे र जियानलुका जस्ता खेलाडीको साथ रहेको छ ।
युभेन्टस १८ खेलबाट ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । उसले दोस्रो स्थानमा रहेको नेपोलीलई ९ अंकले पछि पारेको छ । साम्पडोरिया २९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

सिरी ‘ए’ का आज रातिका अन्य खेलहरु :

किएभो भेरोना विरुद्ध फ्रोसिनोने (राति ७ः४५ बजे)

इम्पोली विरुद्ध इन्टर मिलान (राति ७ः४५ बजे)

जिनोआ विरुद्ध फियोरेन्टिना (राति ७ः४५ बजे)

लाजियो विरुद्ध टोरिनो (राति ७ः४५ बजे)

पार्मा विरुद्ध रोमा (राति ७ः४५ बजे)

सासुअोलो विरुद्ध एटलान्टा (राति ७ः४५ बजे)

उडिनेजी विरुद्ध कागलियरी (राति ७ः४५ बजे)

नेपोली विरुद्ध बोलोग्ना (राति १०ः४५ बजे)

एसी मिलान विरुद्ध एसपीएएल (आइतबार बिहान १ः१५ बजे)

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.