default_image

10 years ago

April 12, 2016

कीर्तिपुरमा खोखोको खेलाडीलाई सम्मानित

196 views

0 Bookmark

काठमाडौं-नेपाल खोखो संघले तेस्रो एसियन खोखो च्याम्पियनसिप र १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्ने महिला र पुरुष खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।

सम्मानपछि खेलाडी र अन्य ।

सम्मानपछि खेलाडी र अन्य ।

अप्रिल ८ देखि १० तारिख सम्म भारतको इन्दौर भएको तेस्रो एसियन च्याम्पियनसिमा नेपाली महिला र पुरुष टोलीले श्रीलंकालाई हराएर तेश्रो स्थान हासिल गरेका थिए । महिला र पुरुष दुवैमा नेपाली टोली बंगलादेशसँग पराजित भएको थियो । कास्य पदक प्राप्त नेपाली टोलीले २१÷२१ हजार भारुका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए । प्रतियोगितामा महिला तर्फ अर्पण महतो र पुरुष तर्फ मिलन रोयले उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले नगद ५ हजार भारुका साथै ट्रफी प्राप्त गरे ।
मंगल उमाबि किर्तिपूरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.