7 years ago
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका स्वर्ण विजेता महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ ।
थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । सोही अवसरमा दुबई जुनियर इन्टरनेसनल सिरिजको पुरुष सिंगल्सका स्वर्ण विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लब, दुबईका टेक्निकल डाइरेक्टर एवं प्रमुख प्रशिक्षक करातेका रवि शाहीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
उनीहरुलाई पूर्व युवा तथा खेलकुद मन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जन, खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन, वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार, डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका संस्थापक डा. खगेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]