7 years ago
January 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
लिग च्याम्पियन बन्ने पहिलो लक्ष्य पुरा गरिसकेको छ मनाङको लिगको अन्तिम दिनमा आइपुग्दा अर्को लक्ष्य भनेको अपराजित रहनु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोके मनाङले अपराजित रहँदै लिग च्याम्पियन बन्ने नेपाल पुलिस क्लबको यसअघिको कीर्तिमानीसँग बराबरी गर्नेछ ।
यदि फ्रेन्ड्सलाई हराउन सकेमा भने मनाङले अर्को इतिहास रच्ने छ , लिगका सबै खेल जितेर उपाधि उचाल्ने । इतिहास रच्नका लागि मनाङसँग अब ४५ मिनेट बाँकी रहेको छ ।
यसका सबै १२ खेल मनाङले जितिसकेको छ । लिगको ६ दशक भन्दा लामो इतिहासमा मनाङ सर्वाधिक सफल टोली हो । टोलीको यो आठौं लिग उपाधि हो ।
घरेलु लिगमा आठ पटक लिग जित्ने मनाङ एक्लो टोली हो । अहिले बी डिभिजनमा रहेको आरसिटीले ६ पटक तथा रुस्लान थ्री स्टार क्लब र न्यूरोड टिम एनआरटीले समान ४ पटक लिग उपाधि जितेका छन् ।
मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा ए डिभिजन लिग जितेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]