default_image

5 years ago

January 24, 2019

दोहारो जितसँगै एपीएफ शीर्षस्थानमा, पुलिसको पनि दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तरगत बिहीबार भएको खेलमा एपीएफले आयोजक ढोरपाटन युवा क्लब र चितवन टाइगर्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।

फाइल तस्बिर

लिग अन्तरगत बिहीबार भएको खेलमा एपीएफले आयोजक ढोरपाटन युवा क्लब र चितवन टाइगर्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । अपराजित रहेको एपीएफले ५ खेलबाट १५ अंक जोड्यो । पहिलो खेलमा ढोरपाटनलाई २५–२, २५–४ र २५–८ को सेटमा पराजित गर्दा चितवन टाइगर्समाथि २५–७, २५–४ र २५–२० को सहज जित निकाल्यो ।

विभागीय डर्वी भिडन्तमा आर्मीको अपराजित यात्रामा पुर्णविराम लगाउदै नेपाल पुलिस क्लब दोस्रो स्थानमा उक्लन भएको हो । आर्मीसँग बराबरी अंक भएपनि पुलिस हेड टु हेड मा स्थानमा रहेको हो । पुलिससँग पराजित आर्मीको १२ अंक रहेको छ । पुलिसले एक खेल कम खेलोको छ । पुलिसले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पारेपनि दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्न निकै संघर्ष गर्नुपरेको थियो । पुलिसले दोस्रो सेट २५–२३ ले तथा तेस्रो सेट २६–२४ ले जित्यो ।

दिनको पहिलो खेलमा पुलिसले थाहा नगरपालिका मकवानपुरलाई २५–८, २५–१४ र २५–१८ ले पराजित ग¥यो । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ सेवसँग ३–२ को सेटमा पराजित भएको थियो । डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत शुक्रबार पाँच खेल हुने आयोजकले जनाएको छ ।

९ टोलीको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ ।

त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।

त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट २० माघसम्म चल्नेछ ।

अंक तालिका

१. एपीएफ (१५ अंक ) पाँच खेल

२. पुलिस ( १२ अंक ) चार खेल

३.आर्मी (१२अंक ) पाँच खेल

४.श्रीगाँउ (९ अंक ) ६ खेल

५.सेव (८ अंक ) ७ खेल

६.थाहा (३ अंक ) पाँच खेल

७. पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ (१अंक ) एक खेल

८. चितवन टाइगर्स (०) एक खेल

९. ढोरपाटन (०) पाँच खेल

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

Success

Thank you for your time.