7 years ago
January 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको गणेशमान स्मृति बक्सिङ प्रतियोगितालाई विभिन्न पाँच कर्पोरेट हाउसले प्रायोजन गरेका छन् ।

आयोजक गणेशमान सिंह फाउन्डेसनले आइतबार विभिन्न पाँच कर्पाेरेट हाउस जगदम्बा मोटर्स, लियोन मोटर्स, लवेल्स (रिवोक), व्रिज सिमेन्ट र लक्ष्मी बैंकसँग प्रायोजन सम्झौता हस्ताक्ष गरेको हो ।
सम्झौतामा टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सका मार्केटिङ हेड विक्रम शर्मा पौडेल र प्रतियोगिता संयोजक राजीव श्रेष्ठले हस्ताक्षर गरे । यस्तै लियोन मोटर्सका सेल्स एण्ड मार्केटिङ निवा सिंहले लवेल्स (रिवोक) का सन्जीव तुलाधरले, व्रिज सिमेन्टका अमित श्रेष्ठ र लक्ष्मी बैंककी रणनीतिक मार्केटिङ प्रमुख भारती पाण्डेले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार जगदम्वा मोटर्सले ६ लाख रुपैया बराबरको समान १–१ थान मोटर साइकल र स्कुटर प्रदन गर्नेछ । लियोनले ५ लाख उपलब्ध गराउनेछ । रिवोकले नगद र खेल सामग्रीमा गरी कुल ५ लाख प्रदान गर्नेछ । ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले समान ३–३ लाख रुपैया उपलब्ध गराउनेछ ।
राष्ट्रिय खेलकुद परिषद राखेपको सहयोग र नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी कुल १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि आयोजकले यसअघि सातै प्रदेशमा छनोट आयोजना गरेको थियो ।
पुरुषतर्फ ४६–४९, ५२, ५६, ५०, ६४, ६९, ७५ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४५–४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ८० र महिलामा ६० खेलाडी गरी १ सय ४० खेलाडीको सहभागिता रहनेछ ।
हरेक तौल समूहको पुरुष र महिलाको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र सेमिफाइनलमा पुग्नेले समान ७ हजार ५ सय रुपैया प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट हुने पुरुष खेलाडीले एक स्थान मोटर साइकल र महिलातर्फको सर्वाेत्कृष्टले एक थान स्कुटी हात हात पार्नेछ ।
प्रतियोगिता राजधानीको बसन्तपुर डबलीमा माघ २२ र २३ गते हुनेछ । गणेशमान स्मृतिको नाममा यसअघिको दुई संस्करण योङ स्टार क्लबले आयोजना गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]