default_image

7 years ago

January 29, 2019

‘बी’ डिभिजन क्लब बाँसबारीलाई स्पार्क अस्पतालको साथ

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘बी’ डिभिजन क्लब बाँसबारी युवा क्लबले मुख्य प्रायोजकको रुपमा स्पार्क हेल्थ होम अस्पताललको साथ पाएको छ ।

‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको बाँसबारीले मंगलबार स्पार्क हेल्थ होम अस्पतालसँग् एक वर्षको लागि मुख्य प्रायोजनमा सम्झौता हस्ताक्षर गरेको हो । सम्झौतामा बाँसबारी क्लबका अध्यक्ष प्रेम थापा र स्पार्क अस्पतालका निर्देशक रुपेश अधिकारीले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान–प्रदान गरे । सम्झौतापछि स्पार्क अस्पतालले बाँसबारी क्लबलाई नगद र खेल सामग्रीमा गरी कुल ८ लाख उपलब्ध गराउनेछ । यस्तै खेलाडीको उपचारमा पनि सहुलियत हुनेछ ।

क्लबका अध्यक्ष प्रेम थापाले स्पार्कसँगको सम्झौता पछि क्लबलाई लिग खेल्न राहात मिल्ने बताए । उनले स्थानिय खेलाडीलाई प्राथमिकतामा राख्दै लिगको तयारी गरिरहेको बताए । उनले लिगमा करिव २२ लाखको बजेट तयार पारिएको बताए ।

यस्तै स्पार्कका निर्देशक रुपेश अधिकारीले इतिहास बोकेको क्लब ऐतिहासिक बाँसबारी क्लबसँग जोडिन पाउनु खुशी र गर्वको खुशी रहेको बताए । ‘ए’ डिभिजन लिगका क्लबलाई प्रायोजन गर्ने तयारी भएपनि बजेट अभावका कारण गर्न नसकिएको र थोरै बजेटमा बाँसबारी क्लबलाई प्रायोजन गरिएको बताए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ‘बी’ डिभिजन लिग क्लब बाँसबारीले स्पार्कसँग सम्झौता गर्दै व्यवसायिक कार्यको थालनी गरेकोमा खुशी व्यक्र गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.