7 years ago
January 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय हक्की टिमका चार सदस्य प्रशिक्षणका लागि पाकिस्तान जाने भएका छन् ।

नेपाल हक्की संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार खेलाडी पाकिस्तानी हिरोज क्लबमा अनुबन्ध भएको जानकारी गराएको छ । चार खेलाडीमा रोमन राना, सागर आचार्य, राजेन्द्र कार्की र मनोज चौधरी रहेका छन् । उनीहरुले पाकिस्तानी क्लबमा प्रशिक्षणका साथै प्रतियोगताहरुमा सहभागिता जनाउनेछन् ।
उनीहरूले यसअघि एफआइएच वल्ड ओपन सिरिजमा सहभागिता जनाएका थिए ।
यस्तै संघले माघ अन्तिम साता झापाको भद्रपुरमा गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय पुरूष हक्की प्रतियोगिता आयोजना गराउने जानकारी गराएको छ । प्रतियोगिता माघ २६ बाट ४ फागुनसम्म आयोजन हुदैछ । प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, पुलिस, एपीएफ) र सात विभागीय टोलीको सहभागिता रहनेछ ।
लगत्तै फागुनमा विराटनगरमा गिरिजाप्रसाद कोइराला मेमोरियल राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने संघले जानकारी गराएको छ ।
पुरूषतर्फको प्रतियोगिताको अनुमानित रकम २५ लाख र महिलातर्फ २० लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
यसअघि नेपाली महिला टोलीले पाकिस्तानमा डिसेम्वर १७ देखि २३ सम्म भएको हेयर हक्की सिरिज खेलेको थियो । यही सिरिज पश्चात नेपाल ८८ औं वरीयतामा आउन सफल भएको थियो ।
संघले यसअघि गत साता मात्रै साहना प्रधान मेमोरियल राष्ट्रिय महिला हक्की प्रतियोगिता आयोजना गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]