6 years ago
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार रोड रेस र वाकाथन आयोजना गरेको छ ।
पाँच किलोमिटर दूरीको रेसमा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । खुला वाकाथनमा करिब ५ सयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
कक्षा ५ को ब्वाइजमा सुनिल ओली र गल्र्समा जेनी, कक्षा ६ को ब्वाइजमा अजुर प्रसाईं र गल्र्समा लुनिभा तुलाधर, कक्षा ७ को ब्वाइजमा अमुल्य प्रसाईं र गल्र्समा साम्राज्ञी पोखरेल, कक्षा ८ को ब्वाइजमा लुवज धुन्जु र गल्र्समा संज्ञा थापा तथा कक्षा ९ को ब्वाइजमा अंकुश अधिकारी र गल्र्समा अलिना श्रेष्ठ पहिलो भए ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]