7 years ago
February 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आजदेखि चार दिनसम्म बसन्तपुर डबलीमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना हुदैछ ।

आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसेकेको जानकारी गराएको छ । प्रतियोगिता आजबाट माघ २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फाउन्डसेनका अध्यक्ष प्रकाशमान सिंहले गर्ने कार्यक्रम छ ।
गणेशमान सिंहका नाममा यसअघि दुई संस्करण योङ स्टार क्लबले खुला बक्सिङ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितालाई विभिन्न ६ कर्पाेरेट घरानाहरुले प्रायोजन गरेको छ ।प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने पुरुष खेलाडीलाई मोटर साइकल र महिला खेलाडीलाई स्कुटर प्रदान गरिनेछ ।
प्रतियोगितामा सात प्रदेश तथा ३ विभागिय टोली (नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब ) का गरि १० टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ तौल र महिलातर्फ ६ तौल समूहमाप्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४६–४९ केजी, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीतौलमाप्रतिस्पर्धा हुनेछ । त्यस्तै महिला खेलाडी ४५–४८ केजी, ५१, ५४, ५७, ६० र ६४ केजीतौल समूहमा भिड्नेछन् । हरेक तौल समूहको विजेताले २५ हजार दोस्रो हुने खेलाडीले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ७ हजार पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । झन्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताकालागि राखेपले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]