7 years ago
March 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हरेक वर्ष आयोजना हुने हुन्डाई ओपन गल्फ प्रतियोगिता यसै साता हुने भएको छ ।

हुन्डाई गाडीको नेपालको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा हुहुने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार हुने भएको हो ।
१८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३÷४ ह्याण्डीक्यापको आधारमा खेलाइने गोकर्ण गल्फ क्लबका सिनियर डाइरेक्टर दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकरी गराए । प्रतियोगितामा नेपाल भरिका करिव १३० गल्फरले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेताले १ लाख २० हजार बराबरको जिपिएस गल्फ घडी जित्नेछ । दोस्रो हुनेले ५० हजार बराबरको जिपिएस गल्फ घडी र तेस्रो हुनेले २५ हजार रूपैया बराबरको घडी पाउनेछ ।
ग्रस विजेताले ६० हजार रूपैया बराबरको जिपिएस घडी जित्नेछ । सिनियर विजेता (६० वर्ष माथि), जुनियर विजेता (१७ वर्षमुनि) महिला विजेता, हुन्डाई क्याटगोरी विनर, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिजले समान २५–२५ हजार रूपैया बराबरको जिपिएस घडी पाउनेछ ।
हरेक वर्ष झै यसपटक पनि प्रतियोगिताको मुख्य आकर्षकको रुपमा होल इन वान रहेको छ । होल नम्बर १० मा होल इन वन गर्नेले नयाँ हुन्डाई स्यान्ट्रो पुरस्कार दिइने आयोजकले जनाएको छ ।
क्लबका सिनियर निर्देशक दीपक आचार्यले होल इन वान नेपालीले खेलाडीले पटक पटक गरेको स्मरण गरेको बताउदै प्रतियोगिताका बेला भने, होल इन वान हुन नसकेको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]