7 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लनटेनिस खेलाडी प्रणव खनाल शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, थापाथलीको शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ ।

पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । चैत १ गतेदेखि लागू हुने सम्झौता अनुसार प्रणवलाई शिखरले एक वर्षका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यसमा प्रणवलाई ब्रान्ड एम्बसडर वापत मासिक नगद प्रदान गर्नुका साथै प्रशिक्षणका लागि आवश्यक सामाग्री खरिद गर्न रकम पनि उपलब्ध गराउने छ ।
आठ वर्षको उमेरदेखि लनटेनिस खेल्न सुरु गरेका प्रणवले इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदसहित एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । २०११ मा भियतनाम भएको प्रतियोगिता प्रणवको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । त्यत्तिखेर उनी ११ वर्षका थिए ।
१७ वर्षीय प्रणवले हालसम्म चार अन्तर्राष्ट्रिय पदक जितेका छन् । उनले कतारमा २०१४ र २०१५ मा भएको कतार एसियन यु–१४ जुनियर टिम कपमा कांस्य, २०१८ मा भारतमा भएको खुला आईटीएफ जुनियर टेनिसको डबल्समा कांस्य तथा २०१८ मै भारतमै भएको तेन्जिङ नोर्गे स्मृति खुला टेनिसमा स्वर्ण जितेका थिए ।
सिंगल्समा १० औं सहवीर स्मृति खुला लनटेनिसमा स्वर्ण, सहवीर स्मृतिकै ८ औं संस्करणमा रजत, प्रथम बुटवल खुला लनटेनिसमा स्वर्ण तथा पाँचौं सिटिजन्स बैंक खुला लनटेनिस र सातौं राष्ट्रिय खेलकुदमा जितेको कांस्य घरेलु प्रतियोगितामा प्रणवले हासिल गरेको मुख्य उपलब्धि हुन् ।
प्रणवले प्रायोजनले आफ्नो खेलमा अझ सुधार ल्याउन मद्दत पुग्ने बताउदै प्रायोजनका लागि शिखरप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले टेनिसमा धेरै कम खेलाडीले मात्र प्रायोजक पाइरहेको अवस्थाको अन्त्य गर्न आफ्नो खेलमा सुधार गर्दै अन्य संस्थालाई पनि प्रायोजनका लागि आकर्षित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख कार्यकारी पाण्डेले टेनिस खेलाडीलाई पनि कर्पोरेट क्षेत्रबाट प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सानो सुरुआतका रुपमा प्रायोजन गरेको बताउदै शिखरको तर्फबाट चाँडै नै टेनिस प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी गराए ।
नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले प्रणवको खेलको कदर गर्दै प्रायोजन गरेकोमा खुशी व्यक्त गर्दै शिखरलाई धन्यवाद दिइन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]