7 years ago
March 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् ।

पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले काजाकिस्तानका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठ पदक नजिक पुगेका छन् । उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए । यस्तै क्वार्टफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भएपनि विजय सेन्सु विजेता बनेर सेमिफाइनलमा पुगेका थिए ।
विजय सेमिफाइनलमा काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भए । अब उनले तेस्रो स्थानका लागि आइभरी कोस्टका खेलाडीसँग आइतबार प्रतिस्पर्धा गर्नेछन् । जित हात पारे उनले कास्य पदक जित्नेछन् ।
प्रतियोगितामा नेपालबाट जम्मा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष एकल कातामा पर्शुराम बाँस्तोला र गणेश थिङ तथा पुरुष ६७ केजीमा अनिश लामाको चुनौती समाप्त भइसकेको छ ।
प्रतियोगितामा गत नोभेम्बरमा इन्डोनेसियामा भएको एसियाली प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सहभागी गराइएको प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।
सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिग्रेड्सको रुपमा छन् । जापानमा भइरहेको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए ग्लोबल र जापान च्याप्टरले सहयोग गरेका छन् । प्रतियोगितामा ३९ देशका करिब १२ हजार खेलाडीले भाग लिएका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]