7 years ago
March 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र होङग्वान्जी न्यु डायमन्ड एकेडेमी छैठौं सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्चोकस्थित एपीएफ क्लबको भलिबल कोर्टमा बुधबार भएको समुह चरणको अन्तिम खेलमा उपाधिको दावेदार एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको हो ।
एकपक्षीय खेलमा एपीएफले ढोरपाटनमाथि २५–१, २५–१० र २५–२ को सहज जित निकाल्यो । यो समूहबाट त्रिभुवन आर्मी क्लब उपविजेताको रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।
बुधबारै भएको अर्काे खेलमा होङग्वान्जी न्यु डायमन्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल हुदा पुलिस उपविजेताको रुपमा अघि बढ्यो ।
अब बिहीबार एपीएफ र पुलिसबीच पहिलो सेमिफाइनल तथा न्यु डायमन्ड र आर्मीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।
पाँचौ संस्करण सकिदा एपीएफ तीनपटक च्याम्पियन हो । चौथो संस्करणमा एपीएफलाई पराजित गर्दै न्यु डायमन्ड चयाम्पियन बनेको थियो । सबै संस्करणमा एपीएफ र न्यु डायमन्डबीच नै फाइनल खेल भएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]