7 years ago
April 7, 2019
पोखरा (हाम्रो खेलकुद) – प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ कुल ५५ जना खेलाडीको सहभागिता रहने भएको छ ।

आठौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेल गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख ६ गतेबाट शुरु हुनेछ । नेपालको राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक प्याराग्लाइडिङ खेल हुने भएको हो ।
कुल ६ वटा स्वर्ण पदकका लागि विभागिय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र ९ महिला खेलाडी भिड्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) का महासचिब शैलेन्द्र राउतले बताए ।
प्याराग्लाइडिङतर्फ दुई विधा क्रस कन्ट्री र एक्यूरेसीमा प्रतिस्पर्धा हुनेछ । जसमा पुरुष खेलाडीतर्फ एक्यूरेसीमा टिम एक्यूरेसी र ईन्डिभिजुअल एक्यूरेसी र क्रस कन्ट्रीतर्फ टिम क्रस कन्ट्री र इन्डिभिजुअल क्रस कन्ट्री संचालन हुने महासचिब राउतले बताए । महिलातर्फ इन्डिभिजुअल क्रस कन्ट्री र ईन्डिभिजुअल एक्यूरेसीमा प्रतिस्पर्धा हुनेछ ।
प्याराग्लाइडिङमा प्रदेश नं १ बाट ९ जना, प्रदेश ३ बाट ११ जना, गण्डकी प्रदेश बाट १३ जना, प्रदेश ६ बाट ४ जना र प्रदेश ७ बाट ४ जना रहेका छन भने विभागिय टोली नेपाल आर्मी बाट १४ जना रहेका छन । प्रदेश २ र ५ बाट भने प्याराग्लाइडिङमा कुनै पनि खेलाडी मैदानमा छैनन ।
यसपटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागिय टोली नेपाल आर्मीले पुरुषतर्फ १० र महिला ४ गरि १४ जनाको टिम तयार गरेको छ । नेपाल आर्मीबाट प्रतिष्पर्धामा रहेका पुरुष २ जना खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन् । एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम भने नेपाल आर्मी बाट प्रतिष्पर्धामा उत्रनेछन् ।
यूवा खेलाडी यूकेश गुरुङ र सशिल गुरुङले गण्डकी प्रदेश बाट खेल्नेछन् १८औं एशियाडमा सहभागी महिला खेलाडी सबिता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजन गण्डकी प्रदेश बाट नै सहभागिता जनाउने छन । तर एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारीले आठौं खेलकुदमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले बताए । प्याराग्लाइडिङ खेल बैशाख ९ गते सम्म संचालन हुने छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]