काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ ।
प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे ।
समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी विजयी भए । प्रदेश ४ ले प्रदेश १ लाई ७९–४९ ले हरायो । विजयी टिमका लागि जिमेन पुनले १५ अंक जोडे । एपीएफले कर्णाली प्रदेशमाथि ९२–३२ को सहज जित दर्ता ग¥यो । एपीएफका रुपेश नामीले १४ स्कोर गरे ।
प्रदेश २ विरुद्धको खेलमा आर्मी ८८–२३ ले विजयी भयो । आर्मीका अनिश बस्नेतले १९ अंक जोडे । १५ औं राष्ट्रिय महिला बास्केटबल शनिबारदेखि दाङको घोराहीमै सुरु हुँदैछ ।