7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्रस्थानमा रहेको छ ।

प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पा¥यो ।
प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे । तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे । यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडी पार्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जून गुरुङले कास्य पाए ।
६५ केजीमा नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२ औं साग कास्य धारी सरोज यादवले स्वर्ण हात पारे । प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले कास्य पाए ।
७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए । प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र यादवले कास्य पाए । ९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे ।
प्रदेश ५ का कमरुद्धिन मियाले कास्य पाए । १२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका रामधारी प्रसाद यादवले कास्य पाए । प्रदेश ५ का बैजानाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए । तेश्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मिया र प्रदेश ७ का भुवन चन्द रहे ।
यस्तै ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का संजय तीखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । नेपाल प्रहरीका सविन्द्र प्र. यादव र प्रदेश १ का श्रीलाल राजबंशीले कास्य पाए । यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दिप कुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कास्य पाए । सुरेश चुनाराले ७० केजीमा पुरुष तर्फ एक मात्र स्वर्ण दिलाए । उनले प्रदेश २ का मनोज प्रसाद यादवलाई पराजित गरे । तेश्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कँवर रहे ।
महिला तर्फ अघिल्लो दिन महिला तर्फ तीन स्वर्ण हात पारेको प्रदेश ७ ले कुलमा ६ स्वर्ण हात पा¥यो । प्रदेश ७ की निरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन् । दोश्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेश्रो स्थानमा पृजिन्ता तामाङ्ख रहिन् ।
यस्तै ७ नं प्रदेशलाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन् । पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कास्य पाईन् ।
यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदिक्षा राईले कास्य पाईन् । यस्तै सेनाकी सुशिला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन् । उनले प्रदेश ७ की सपना चन्दलाई पछाडी पारिन् । तेश्रो स्थानमा प्रदेश १ की सिमरन थापा मगर रहिन् । ७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाईन् । प्रदेश ५ की लक्ष्मी डिसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कास्य पाईन् ।
प्रदेश ७ ले हिजो भएको प्रतियोगितामा ५० केजी, ५३ केजी र ५५ केजीमा स्वर्ण हात पारेको थियो ।
प्रतियोगितामा पुरुष तर्फ रमेश गोतामे र महिला तर्फ प्रदेश १ की श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए ।
बिजयी खेलाडीहरुलाई प्रदेश ५ का माननिय साँसद बिष्णु पन्थी, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रती, उप निर्देशक महेन्द्र राई र तुलसी कुमार महर्जन, नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणा लगायतले पुरस्कार वितरण गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]