7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्याबर प्रतियोगितामा प्रदेश ३ ले दुई स्वर्ण जितेको छ । नेपालगन्ज रंगशालामा शुक्रवार भएको खेलमा नेपाल आर्मी र एपिएफले एक–एक स्वर्ण जिते ।

पुरुष व्यक्तिगत स्याबरमा प्रदेश ३ का अमित भण्डारीले स्वर्ण जिते । उनले एपिएफका राजेन्द्र गजुरेललाई १५–९ ले पराजित गरे । प्रतियोगितामा एपिएफका गजुरेलले रजत जित्दा प्रदेश ३ का प्रयास योञ्जन र आर्मीका नुरबहादुर तामाङ कांस्य हात पारे ।
महिला व्यक्तिगत फोइलमा एपिएफकी मन्दिरा थापाले गण्डकी प्रदेशकी अन्जु तामाङलाई १५–९ ले पराजित गरि स्वर्ण जितिन् । एपिएफकी अनिता अधिकारी र नेपाल आर्मीकी रमा सिंहले कास्य जिते ।
पुरुष व्यक्तिगत इपीमा प्रदेश नं. ३ का ओमकार सिंहले स्वर्ण जिते । उनले नेपाल आर्मीका दिपेन्द्र विष्टलाई १५–१४ ले हराए । आर्मीका राम थापा र एपिएफका सागर थापा तृतिय भए ।
स्यावर महिला टिम गेममा आर्मी विजयी भएको छ । आर्मीले एपीएफलाई ४५–१६ पन्छायो । आर्मीबाट कमला श्रेष्ठ, विना थापा, अस्मिता बस्नेत र जानुका थापाले खेलेका थिए । दोश्रो भएको एपिएफबाट मुना थापा, मिनादेवी पौडेल, सुकमाया घिसिङ र पार्वती दुलालले प्रतिष्पर्धा गरेका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]