default_image

7 years ago

April 20, 2019

पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण

214 views

0 Bookmark

दाङ (हाम्रो खेलकुद) आठौं अन्तर्गत पुरुष एकल कतामा नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् ।

स्वर्ण जित्ने क्रममा मन्डेले फाइनलमा प्रदेश ७ का ललित खत्रीलाई ५–० ले हराए । त्यसअघि मन्डेले आर्मीका पर्शुराम बास्तोलालाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । एपीएफका अनिल चौधरीले कास्य जिते ।

स्वर्ण जितेपछि मन्डेले अहिलेसम्मकै ठुलो सफलता हात पारेको बताए । ‘स्वर्ण जितमा खुशीको सीमा नै छैन । म मात्र हैन मेरो गुरुहरु पनि उत्तिकै खुशी छन् । यो सबै मिहेनतको फल हो । स्वर्णले अझै राम्रो गर्न हौसला मिलेको छ,’ मन्डेले स्वर्ण जितेपछि भने, ‘स्वर्णको खुशी मेरा प्रशिक्षक र परिवालाई दिन चहान्छु ।’

यस्तै उनी करातेको तीन विधा फाइट (कुमुते), टिम काता र व्यक्तिगत कातामा स्वर्ण जित्ने खेलाडी बनेका छन् । मन्डेले पाँचौ राष्ट्रिय खेलकुदमा ५० केजी तौल समुहमा स्वर्ण जितेका थिए । छैटौमा टिम कातामा स्वर्ण जित्न सफल मन्डेले आठौंमा एकल कातामा स्वर्ण जित्न सफल भएका हुन् ।

महिला एकल कातामा पुलिसकी चञ्चला दनुवारले स्वर्ण जितिन् । एनआरएनएकी सुभद्रा श्रेष्ठले रजत जितिन् । एपीएफकी प्रतीक्षा पाख्रिन र आर्मीकी संगिता मगरले कास्य जितिन् ।

टिम काता पुरुषमा आर्मी स्वर्ण जित्न सफल भयो । नेपाल पुलिसले रजत तथा प्रदेश ७ र प्रदेश ६ ले संयुक्त रुपमा कास्य जिते । महिला टिम कातामा पुलिस स्वर्ण जित्न सफल भयो । आर्मीले रजतमा चित्त बुझाउँदा प्रदेश १ र गण्डकी प्रदेशले कास्य पाए ।

करातेको पहिलो दिन चार विधा सकिदा ३ स्वर्ण र एक रजतसहित पुलिस शीर्ष स्थानमा रहेको छ । आर्मी एक स्वर्ण, एक रजत र एक कास्यसहित दोस्रो स्थानमा रहेको छ । प्रदेश ७ समान एक र रजत र एक कास्यसहित तेस्रो, एनआरएनए एक रजतसहित चौथो स्थानमा रहेको छ । दुई कास्यसहित एपीएफ पाँचौ, गण्डकी, प्रदेश १ र प्रदेश ६ समान एक कास्यसहित छैटौ, सातौ र आठौं स्थानमा रहेको छ ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.