7 years ago
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड एकेडेमीको जुनियर टोलि प्रथम पारामाउन्ट इन्टर स्कुल महिला भलिबल प्रतियोगिताको समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पारामाउन्ट स्कुल नजिक तिनकुनै भलिबल कोर्ट कुलेश्वरमा बिहीबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमन्डले दोहोरो जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
पहिलो खेलमा न्यु डायमन्डले पारामाउन्ट निलोलाई २५–१२ र २५–१२ को सोझो सेटमा तथा दोस्रो खेलमा न्यु डायमन्डले थ्री स्टार एकेडेमी बुढानिलकन्ठलाई २५–८ र २५–६ को सोझो सेटमा हरायो । यो समूहबाट पारामाउन्ट निलो र थ्री स्टारबीचको खेलको विजेताले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउनेछ ।
अर्काे समूहको खेलमा परोपकारले स्प्रिङडेललाई २५–११ र २५–९ को सोझो सेटमा हरायो । यो समूहमा परोपकार, स्प्रिङडेल र पारामाउन्ट हरियो रहेको छ ।
प्रतियोगितामा आयोजक पारामाउन्टको दुई टोलीसहित ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहका विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले फाइानलमा स्थान बनाउनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]