7 years ago
May 3, 2019
काठमाडौं हाम्रो खेलकुद) – अन्नपूर्ण होटल दरवारमार्गले एपीएफका महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ ।

शुक्रवार अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले आफु खेलप्रेमी भएको भन्दै खेलाडी राष्ट्रका गौैरब हुन, सबै क्षेत्रबाट खेल विकासका लागि सहयोग आवश्यक रहेको बताए ।
राष्ट्रिय खेल भलिबलको विकास विस्तारका लागि हातेमालो गर्न हाम्रो संस्था सदैब तयार छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले खेलाडीको सम्माननै राष्ट्र प्रतिको सम्मान हो भन्ने हामीले ठानेका छौं । अन्नपूर्ण होटल प्रति नेपाल भलिबल संघ आभार ब्यक्त गर्दछ ।
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको पाँचौं केएनपी खुला महिला भलिबल प्रतियोगिताको बिजेता टिम एपीएफलाई अन्नपूर्ण होटलले सम्मान तथा लन्चको आयोजना गरेको हो ।
नेपाली टिमकी कप्तान समेत रहेकी एपीएफकी कप्तान बिनिता बुढाथोकीले खेलाडीलाई यस प्रकारको सम्मानले नयाँ अनुभवका साथै उत्साहित बनाउने बताईन् ।
एपीएफकै खेलाडी रेश्मा भण्डारीले यो हाम्रो लागि पहिलो अवसर भएको बताउदै भनिन्– हामी उत्साहित भएको छौं पाँचतारे होटलका परिकार लिने अवसर पायौं ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]