7 years ago
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि जनाउन नेपाली टिम शुक्रवार गुवाहटीतर्फ प्रस्थान गरेका छन् ।

नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनवहादुर केसी, तालिम तथा प्रशिक्षण बिभागका निर्देशक रिमवहादुर रानाभाट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भिष्म पितामह सुरेश सिंह आलेले बिदाई गरे ।
भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म संचालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई, ५४ केजीमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपीएफकी संगिता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
पुरूषतर्फ ५२ केजीमा आर्मीका तेजवहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बु ईजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका बिकास लामा र ९१ केजी माथीको तौल समूहमा आर्मीका आषिश दवाडीले नेपालको प्रतिनिधित्व गदै प्रतिस्पर्धा गर्नेछन् ।
टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिषवहादुर चन्द र रमेशदास श्रेष्ठ रहेका छन् । टिमको ब्यवस्थापकमा टर्कराज राई रहेका छन् । प्रतियोगितामा बिश्वका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ ।
पहिलो संस्करमा महिलातर्फ नेपालले २ कास्य हात पारेको थियो । नेपाल आर्मीका खेलाडीद्धय बिमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महत्वपूर्ण २ काँस्य दिलाएका थिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]