default_image

7 years ago

May 29, 2019

भलिबललाई वाणिज्य बैंकको थप २ वर्ष प्रायोजन

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय वाणिज्य बैंकले नेपाल भलिबल संघलाई निरन्तर प्रायोजन गरेको छ । यसअघि दुई वर्ष प्रायोजन गरेको राष्ट्रिय वाणिज्य बैंकले संघलाई थप दुईवर्षको नयाँ सम्झौता गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरे ।

सम्झौताअनुसार बैंकले २०७६ र ७७ मा संघलाई कुल २४ लाख रुपैया प्रदान गर्नेछ । यो रकम नेपाल भलिबल संघले एनभिए क्लब लिग च्याम्पियनसिपमा खर्च गर्नेछ । सम्झौतापछि पाँचौ र छैटौं लिग च्याम्पियनसिप आरबीबी–एनभिए क्लब लिग च्याम्पियनसिपको नामबाट सञ्चालन हुनेछ ।

सम्झौतापछि बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले अघिल्लो दुईवर्ष नेपालको राष्ट्रिय खेल भलिबललाई प्रायोजन गर्दा बैंकको शिर उचो भएको बताउदै थप दुई वर्षको लाग सम्झौता नवीकरण गरिएको बताए । उनले संघले आयोजना गर्ने भलिबल च्याम्पियनसिप आफैले आयोजना गरेको कुनै प्रतियोगिता भएको जस्तो महसुस गरिएको समेत बताए ।

संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सम्झौता पुन नवीकरण गरेको भन्दै बैंक र कार्यकारी प्रमुखलाई धन्यवाद ज्ञापन गर्दै आगमी वर्षमा पनि सहकार्य हुन सक्नेमा विश्वस्त रहेको बताए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.