6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघको दोश्रो निर्वाचन तथा साधारणसभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ ।

शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा रायमाझी, महासचिवमा सुजन लाल श्रेष्ठ, सचिवमा अभिषेक कार्की र कोषाध्यक्षमा अनुप कपाली रहेका छन् । नव निर्वाचित संघको बैठकले बिजय शाहीलाई संघको उपाध्यक्षमा मनोनयन गरेको छ ।
यस्तै संघका सदस्यहरुमा सतिष राम बैद्य, राजेन्द्र श्रेष्ठ, रेखमाया गुरुङ, सबिन मानन्धर, प्रविण लाल नापित, रुविन मानन्धर, हरिस पन्त, ज्ञान बहादुर तामाङ र सुरेन्द्र चौधरी रहेका छन् ।
कार्यसमितिका सदस्यहरुलाई निर्वाचन अधिकृत चन्द्र कुमार राईले पद तथा गोपनियताको सपथ गराएका थिए ।
यसअघि संघको साधारण सभाको नेपाल ओलम्पिक कमिटिकी उपाध्यक्ष ज्योती राणाले उद्घाट गरेकी थिइन् ।
उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, बिश्वबिद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहरालगायतको उपस्थिति रहेको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]