default_image

6 years ago

July 19, 2019

दक्षिण एसियाली शारीरिक सुगठनमा समिरलाई स्वर्ण

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए ।

पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । पुरुष ५५ केजीमा नेपालका किसनदास महर्जनले कांस्य हात पारे ।

माल्दिभ्सका मोहम्मद मुसा पहिलो र भारतका मुरुगन रामामुर्ती दोश्रो भए । पुरुष ६० केजीमा नेपालका कमल भण्डारी दोश्रो भए । भारतका दिपु पहिलो र अफ्गानिस्तानका मोहम्मद कसिम हुसैन तेश्रो बने ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ७० केजीमा नेपालका रमेश कार्कीले रजत हात पारे । अफ्गानिस्तानका अब्दुल समी पहिलो र इमरान अली तेश्रो भए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको प्रतियोगिताको महिला एथलेटिक फिजिकमा नेपालले दुई पदक हासिल ग¥यो । रजनी श्रेष्ठले रजत तथा सुजिता मानन्धरले कांस्य जिते । भारतकी निशा भोयर पहिलो स्थानमा रहिन् ।

पुरुष फिट्नेस फिजिकमा नेपालका राजु राईले रजत प्राप्त गरे । अफ्गानिस्तानका हमिदुल्लाह खुशदिल पहिलो र सलिम शाह अन्वरी तेश्रो भए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको खेलकुद मन्त्री विश्वकर्माले उद्घाटन गरेका थिए । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.