6 years ago
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को च्याम्पियन बनेका छन् ।

बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा शनिबार भएको फाइनलमा रेगनले राजेन लामालाई ७–४ को फ्रेममा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
उपाधिसँगै रेगनले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको राजेनले ७५ हजार रुपैयामा चिक्त बुझायो । सेमिफाइलमा पराजित सोम लामा र निर्मान बोगटीले समान ३०–३० हजार रुपैया पाए ।
च्याम्पियनसिपमा दोस्रो भएका राजेन लामाले हाइएस्ट ब्रेक गर्दै ३० हजार रुपैया पाए । उनले ८१ स्कोर गरेका थिए । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी चुनिए । उनले १० हजार रुपैया पाए । दोर्जे शेर्पा र रोशन थिङ उदियमान खेलाडी बने । उनीहरुले आकर्षक गिफ्ट ह्याम्पर पाए । रुपन्देही स्नुकर तथा पुल संघ उत्कृष्ट संघ घोषित भए ।
विजयी खेलाडीहरुलाई राखेपका सदस्यसचिव रमशे कुमार सिलवाल, नेपाल विलियर्ड तथा स्नुकर पल संघका अध्यक्ष सरोज कुमार मुल्मीलगायतले पुरस्कृत गरे ।
नेपाल विलियर्ड तथा स्नुकर पल संघका अध्यक्ष सरोज कुमार मुल्मीले शीर्ष ८ खेलाडीले म्यानमारमा सेप्टेम्वर ९ देखि २५ सम्म आयोजना हुने एसियन वल्र्ड च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने जानकारी गराए ।
२२ असारबाट शुरु भएको च्याम्पियनसिपमा देशभरबाट करिव १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]