6 years ago
August 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कात्तिक दोस्रो सातासम्म सहभागी सबै राष्ट्रको सबै खेलको खेलाडीहरुको दर्ता प्रक्रिया चल्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, दक्षिण एशियाली ओलम्पिक परिषदका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको अध्यक्षतामा १३औं दक्षिण एशियाली खेलकूद तयारी समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले असोज १३ सम्म सबै सहभागी देशको खेलको चयन हुने र कात्तिक १४ गतेसम्म खेलाडीहरुको दर्ता प्रक्रिया चल्ने निर्णय गरेको छ । यस्तै उक्त बैठकले १३औं दक्षिण एशियाली खेलकूदका लागि भदौ ७ गते सम्म टेक्निकल ह्यान्डबुक तयार पार्न समेत निर्णय गरेको छ ।
बैठकमा राखेपका उपाध्यक्ष पिताम्बर तिल्सिना, राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे, कार्यकारिणी सदस्य तेज गुरुङ, अशोक बज्राचार्या, निलेन्द्र राज श्रेष्ठ, १३औं साग सचिवालयका कमल खनाल, राखेप विभागिय प्रमुख कुल बहादुर थापा, अर्जुन विके, ऋषि पोखरेल तथा नेपाल ओलम्पिक कमिटिका कार्यकारिणी सचिव सुजन लाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
१३औं साग मङ्सिर १४ देखि २५ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुदैछ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]