default_image

6 years ago

August 9, 2019

मनवीर र सोभितको जोडी सेमिफाइनलमा

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब ‘ए’ का मनवीर छन्त्याल र सोभित राना मगरको जोडी पाँचौं सेब टु ए साइड पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कमा भइरहेको प्रतियोगितामा मनवीर र सोभितको जोडीले राइजिङ क्लबका चोविन्द्र जिसी र प्रकाश जिसीको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा पराजित गरे ।

एपीएफका विजय थापा र बली चौधरीको जोडीले सौजन्य रानीपानीका होम पुन र विकास छन्त्यालको जोडीलाई २१–१६, १५–२१ र २१–१४ को सेटमा हराउदै सेमिफाइनलमा पुगे ।

सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) को प्रायोजनमा भइरहेको प्रतियोगितामा आयोजक ‘बी’ का हेम छन्त्याल र महेन्द्र शेरचन, गण्डकीका कुञ्जन शाही ठकुरी र राजन दर्लामी मगर तथा सनराइज क्लब ‘ए’ का ओमप्रकाश जिसी र तिलक कुँवरको जोडी क्वाटरफाइनलमा पुगे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.