default_image

6 years ago

September 7, 2019

रमेश बने मिस्टर काठमाडौं

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका रमेश कार्की राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् ।

रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले विभिन्न तौलसमूहमा पहिलो भएका सिटी फिट्नेसका उमेश डंगोल (५५ केजी), फिट्नेस ग्यारेजका अमिर थापा (६० केजी), सेप्स टु फिट्नेसका विवेक विष्ट (६५ केजी), फिट्नेस ग्यारेजका मिथुन लामा (७० केजी) र ग्यालेक्सी फिट्नेसका ललित धिमाल (७५ केजी) लाई पछि पारे । उपाधिसंगै रमेशले १ लाख ५० हजार नगद पुरस्कार पाए ।

आफ्नो तौलसमूहमा पहिलो भएवापत रमेशले छुट्टै १५ हजार नगद पुरस्कार पनि हात पारे । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाए । महिला एथलेटिक्स फिजिक्समा टोटल फिट्नेसकी रोजी पाख्रिन पहिलो, भक्तपुरकी सनम मुल गुठी दोश्रो र वेभ फिजिकल फिटनेसकी जस्मिन लामा तेश्रो भए ।

जुनियर पुरुष मिस्टर काठमाडौंमा जिमखानाका ओजेशचरण जोशी पहिलो, प्याराडाइस फिट्नेसका किशोर कार्की दोश्रो र द व्यायमशालाका ऋतिक घिमिरे तेश्रो बने । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरसम्ममा फिट्नेस फस्टका ईश्वर शाही, फिट्नेस प्लसका विशुराम केसी र सेप्स टुका राजीव थापा क्रमशः शीर्ष तीन स्थानमा रहे ।

सोही स्पर्धाको १७० सेन्टिमिटरमाथि जिमखानाका धीरज घर्तीले स्वर्ण, सेप्स टुका गिरीराज रोकाले रजत र बडी ग्यारेजका युवक खानले कांस्य जिते । यि चार स्पर्धाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई सांसद कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १ सय ३६ खेलाडी सहभागी थिए ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.