6 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आगमी शुक्रबारदेखि जापानमा आयोजना हुने रग्वी वल्डकपका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
रग्वी वल्डकप अन्तर्गत एसिया रग्वीको व्यवस्थापन तथा वल्ड रग्वीको निमन्त्रणामा इम्प्याक्ट वियोण्ड प्रोजेक्टमा नेपालको प्रतिनिधित्व गर्दै रग्वी संघका सचिव गोविन्द घिमिरेको नेतृत्वमा यु–१८ महिला क्याप्टेन मुस्कान आले मगर र यु–१८ पुरुष अविषेक विके मंगलवार जापान जाने भएका हुन् ।
उक्त प्रतियोगितामा एसियावाट फ्युचर प्लेयरको रुपमा आफ्नो देशको प्रतिनिधित्व गर्दै खेलाडीहरु सहभागि जनाउने छन् ।
यसले भविष्यमा रग्वी खेललाई विकास र विस्तारको सहयोग पुग्ने उद्धेश्यले विश्व रग्वीले निमन्त्रणा गराएको संघका सचिव गोविन्द घिमिरेले जानकारी गराएका छन् । खेलाडीहरुलाई संघका अध्यक्ष टंकलाल घिसिङ्ग र महासचिव चेतनराज गिरिले बिदाई गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]