6 years ago
September 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अंकितमान श्रेष्ठले म्यानमारमा जारी विश्व पुरुष सिक्स रेड स्नुकर च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।
म्यानमार मन्डालेले भएको खेलमा अंकितमानले पुर्व सिक्स रेडको तेस्रो वरीयताका कतारी मोसेन बुकसाइसालाई ४–१ को फ्रेममा पहिलो जित निकालेको हो ।
पहिलो फ्रेममा राम्रो शुरुवात गर्दै अग्रता लिएको अंकित त्यसपछिको फ्रेममा पनि आफ्नो प्रदर्शनलाई संयममता राख्दै जित निकाल्न सफल भएको हो । जितसँगै अंकितले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । अंकित पहिलो खेलमा हङकङका चोउ हो मनसँग ४–१ को फ्रेममा पराजित भएको थियो ।
पहिलो पटक विश्व स्नुकर च्याम्पियसिपका लागि नेपालको तर्फबाट अंकितसँगै राजन लामा, निर्मान बोगटी, सुजेन शाही र अमन कार्कीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता इन्टरनेसनल विलियर्ड एन्ड स्नुकर संघले आयोजना गरेको हो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]