6 years ago
October 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वीट्जरल्यान्डका अन्तराष्ट्रिय प्रशिक्षक पाभेल रिहोरेकले आसन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा रहेका नेपालका टेबल टेनिस खेलाडीलाई एक साता विशेष प्रशिक्षण दिने भएका छन् ।
उनी नेपाली टोलीलाई विशेष प्रशिक्षण दिन शुक्रबार नेपाल आइपुगेका छन् । उनको प्रशिक्षणमा खेलाडीहरुको खेल स्तर बृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रशिक्षक पाभेलसँग लामो समयको प्रशिक्षण अनुभव छ । उनले स्वीट्जरयाण्डको राष्ट्रिय टोलीलाई १८ वर्ष, जर्मनीमा ९ वर्ष, चेक गणतन्त्र र श्रीलङ्कको समेत प्रशिक्षक रहिसकेका छन् ।
टेवल टेनिसबाट महिला र पुरुषमा समान ५–५ गरी १० खेलाडी छनोट भएका छन् । महिलामा नविता श्रेष्ठसहित ५ खेलाडी रविना महर्जन, दीक्षा तामाङ, एलिना महर्जन र सिक्का सुवाल छनोट भएका छन् ।
पुरुषतर्फ विनेश खनिया, पुरुषोत्तम बज्राचार्य, शिव सुन्दर गोथे र संयोग कपाली छनोट भएका छन् । राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई अर्काे एक मौका दिइएको छ । स्यान्टु सवारी दुर्घटनामा परेपछि अहिले उपचारकै क्रममा छ ।
स्यान्टुलाई रिकभरको लागि ४० दिनको समय दिइएको र त्यसपछि छनोटमा पाँचौ स्थानमा रहेका सुनिल महर्जनसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जित्नेले सागको टोलीमा समावेश हुने संघले जनाएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]