default_image

6 years ago

October 18, 2019

प्रो कर्पाेरेट लिगमा ५ टोली

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा क्वीन्स प्रालिको आयोजना तथा राइनो स्पोर्टस्को व्यवस्थापनमा राजधानीमा प्रो कर्पाेरेट टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ ।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कात्तिक ३ बाट ९ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा विभिन्न ५ कर्पाेरेट टोलीहरुको सहभागिता रहेको छ । जसमा वल्डलिंक, नयाँ पत्रिका, क्रिकेट हिमालय, एप्पोन र रिलायवल लाइफ इन्स्योरेन्स रहेका छन् ।

सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लिगको शीर्षस्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो हुनेले एलिमेटर खेल्दै फाइनलमा स्थान बनाउने प्रतियोगिताको टेक्निकल कोअर्डिनेटर रविन्द्र गुप्ताले जानकारी गराए । लिगका खेलहरु मुलपानी क्रिकेट मैदानमा र एलिमेटर र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

विजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्लेयर अफ दि सिरिजले ३२ इन्चको एलइडी टिभीका साथै वल्डलिंकबाट १ वर्षको इन्टरनेट कनेक्सन निशुल्क प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेट किपरले ट्रफीसँगै वल्डलिंकबाट ६ महिनाको इन्टरनेट कनेक्सन निशुल्क प्राप्त गर्नेछन् ।

फाइनल खेलमा उठेको गेट मनिबाट धुर्मुस सुन्तली फाउन्डेसनबाट चिवनमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सहयोगार्थ हस्तान्तरण गरिने प्रतियोगिता संयोजक बिराज घिमिरेले जानकारी गराए ।

प्रो क्रिकेट लिगको मुख्य प्रतियोगिता फागुनमा आयोजना हुने पनि आयोजकले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.