6 years ago
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्षमा पवन घिमिरेले निरन्तरता पाएका छन् ।
शुक्रबार भएको १५औं वार्षिक साधरणसभा तथा पाँचौ अधिवेशनबाट पवन घिमिरेसहित सबै ११ पदमा ३ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षमा पवन घिमिरे, उपाध्यक्षमा अमृत बराल, महासचिवमा विक्रम बहादुर राना र कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठले निरन्तरता पाए । यसअघि अघिल्लो कार्यकालमा सदस्य रहेका गीता पौडेल सचिवमा निर्विरोध निर्वाचित भइन् । नयाँ सदस्यको रुपमा अकवर जोशी आए । अन्य सदस्यमा रमेश पोखरेल, सम्राट गौतम उपाध्यय, निलकण्ठ तिमल्सिना, निर्मला पौडेल र भगवती भट्टराई निर्विरोध चयन भए ।
केही पदमा उम्मेदवारी परेपनि छलफलपछि सबै पदमा निर्विरोध निर्वाचित भएको कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]