default_image

6 years ago

October 18, 2019

सुजन मेमोररियल फुटबलमा ३३ टोली

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको सुजन मेमोरियल सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।

आयोजक समाज कल्याण खेलकुद केन्द्र क्लब (एसडब्लुएससी) नयाँ बजारले प्रतियोगिताको १३औं संस्करण २ देखि ९ कात्तिकसम्म हुने क्लबका अध्यक्ष पवन कार्कीले जानकारी गराए ।

प्रतियोगितामा आयोजको ३ टोलीसहित काठमाडौं भ्यालीका ३३ टिमको सहभागिता रहेको छ । नकआउटका आधारमा हुने खेलहरु नयाँबजार धारास्थित सोसल ग्राउन्ड आइ ब्लक टाउन प्लानिङको खुल्ला खेल मैदानमा हुनेछ । पहिलो राउन्ड २० मिनेट, दोस्रो राउन्ड २५ र फाइनल ३५ मिनेटको हुने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले ८० हजार रुपैया तथा दोस्रो हुनेले ४० हजार रुपैया हात पार्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।क्वाटरफाइनलका खेलपछि म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुजन गिरी मनाङ–मस्र्याङ्दी क्लब २०६२–०६३ सिजनको जुनियरतर्फको कप्तान रहेका थिए । तिनै युवा प्र्रतिभाशाली खेलाडी सुजनको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । एसडब्लुएससीले १२औं संस्करण सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.