default_image

6 years ago

October 18, 2019

नेटबलमा नेपालको विजयी सुरुवात

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ स्कोरले पराजित ग¥यो ।

नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन । शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले माल्दिभ्ससँग पराजय बेहो¥यो । निकै प्रतिस्पर्धातमक खेलमा मालिदभ्सले नेपाललाई ३५–२७ ले स्तब्ध बनायो । माल्दिभ्सकी आमिनाथ आनी वुमन अफ दी म्याच घोषित भइन् ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शुक्रबार नै भएको अर्को खेलमा भारतले मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा माल्दिभ्सलाई ४१–२१ अंकले पराजित गरेको भारत दोस्रो खेलमा श्रीलंकासँग ४०–२४ ले पराजित भयो । पहिलो खेलमा भारतलाई विजयी बनाउन अन्ली कुमारीले २४ अंक जोडेकी थिइन् । श्रीलंकाको जितमा हिरोनी हिसानीले २५ अंको योगदान दिइन् ।

नेपालमा पहिलो पटक आयोजना भएको च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाएका छन् । च्याम्पियनसिप मलेसिया, भारत, श्रीलंका र पाकिस्तानका निर्णायकले सञ्चालन गरिरहेका छन् ।

महिला सशक्तिकरणका क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी दिए । च्याम्पियनसिपको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरे । च्याम्पियनसिप कार्तिक ५ गतेसम्म सञ्चालन हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.