default_image

6 years ago

October 19, 2019

आयोजक र अल प्लेयर प्रि–क्वाटरफाइनलमा

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक समाज कल्याण खेलकुद केन्द्र क्लब एकेडेमी (एसडब्लुएससी) नयाँ बजार र अल प्लेयर फुटबल डटकम १३औं संस्करणको सुजन मेमोरियल सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँबजार धारास्थित सोसल ग्राउन्ड आइ ब्लक टाउन प्लानिङको खुल्ला खेल मैदानमा शनिबार भएको खेलमा अल प्लेयर फुटबल डटकमले फरेस्ट किङलाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

दोस्रो खेलमा आयोजक एसडब्लुएससी एकेडेमीले फ्रिडम फाइटरलाई १–० ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।
समाज कल्याण खेलकुद केन्द्र क्लब (एसडब्लुएससी) नयाँ बजारको आयोजनामा जारी १३औं संस्करणको फाइनल ९ कात्तिकमा हुनेछ । प्रतियोगितामा आयोजको ३ टोलीसहित काठमाडौं भ्यालीका ३३ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८० हजार रुपैया तथा दोस्रो हुनेले ४० हजार रुपैया हात पार्नेछन् । उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता र फेयर प्ले टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।क्वाटरफाइनलका खेलपछि म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सुजन गिरी मनाङ–मस्र्याङ्दी क्लब २०६२–०६३ सिजनको जुनियरतर्फको कप्तान रहेका थिए । तिनै युवा प्रतिभाशाली खेलाडी सुजनको सम्झनामा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.