9 years ago
June 14, 2016
काठमाडौं, ३२ जेठ । १२ औ राष्ट्रब्यापी अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगिताको यु–१० स्पर्धामा पायोनीयर स्कुल कपनका अनिल लामा र भानुभक्तकी सुस्मीता राइले उपाधि जितेका छन् । छात्रातर्फ सुस्मीताले पाँच चरणको खेलमा चार अंक जोडिन्।
समान अंक पनि टाईब्रेकमा हिमालयनका सिमरन केसी दोश्रो, बिन्धबासीनी स्कुल टोखाकी काजल डंगोल तेश्रो र पायोनीयरकी स्नेहा बुढाथोकी चौथो भए । छात्रतर्फ अनिलले पााचे खेलमा शतप्रतिशत जित हात पारे । आयोजक अन्नपूर्ण उमाविका प्रबेश लामा, हिमालयनका मनोज घिसिङ्ग, ल्याबका सलील मर्हजन, त्रिज्योतीका सम्पूर्ण राज न्यौपाने र अन्नपूर्णका अनिष बोहरा चार अंक सहित शिर्ष ६ स्थानमा रहे ।
यस्तै छात्र यु–१२ मा चार चरणको समाप्तीमा ग्रीनल्यान्डकी समृिद्ध पाण्डे शतप्रतिशत अंक सहित शीर्ष स्थानमा छिन् । बिन्धबासीनीकी अकिन्चना लावट, हिमालयनकी सिमरन प्रधान, अन्नपूर्णकी नेहा दास बाानीया र अमृता पाण्डे तथा पायोनीयरकी सुप्रीया बुढाथोकीको ३ अंक छ । यसै उमेर समुहको छात्र स्पर्धामा शिक्षान्तरका अबिरल खरेल र अन्नपूर्णका दिपेन्द्र गमाल समान चार अंक सहित शिर्ष स्थानमा छन् ।
यु–१४ छात्र स्पर्धामा ३ चरणको समाप्तीमा शिर्ष बरियताका खेलाडी आयोजक विद्यालयका मोहम्मद अदनान अदिल, विवेक रायमाझी र समिर अन्सारीको साथमा पायोनीयरका सौरभ पोखरेल र त्रियोगका रोनीक पाठक सत प्रतिसत अंक सहित शिर्ष स्थानमा रहेका छन् । छात्रा तर्फ चार चरणको समाप्तीमा पायोनीयरकी अनीशा न्यौपाने र भानुभक्त उमाविकी मेनुकला बस्नेत सत प्रतिसत अंक सहित शिर्ष स्थानमा छन् ।
छात्र यु–१६ मा तीन चरणको समाप्तीमा पायोनीयरका सुदिप तामाङ्गका साथै दिपज्योतका अपिल रिमाल, ग्रीनल्यान्डका युवराज पौडेल, पुष्पसदनका रोशन आचार्य र अन्नपूर्णका प्रज्वल गिरीको तीन अंक छ । छात्रा तर्फ पायोनीयरकी आभा पुडासैनीले चार चरणको समाप्तीमा सत प्रतिसत जित सहित अग्रस्थानमा रहेकी छिन् ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]